Powered By Blogger

Translate

Tuesday, May 22, 2012

रौतहट जिल्ला


नेपाली विकिपीडियाबाट
रौतहट नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको दक्षिणपूर्वी तराई क्षेत्रमा अवस्थित जिल्ला हो | 
यस जिल्लाको पूर्वमा सर्लाही, पश्चिममा बारा, उत्तरमा मकवानपुर र दक्षीणमा भारतको बिहार राज्यको सितामढी
 र पूर्वी चम्पारण जिल्ला पर्दछ। समुद्र सतहबाट १२२ मिटर देखि २४४ मिटरसम्मको उचाईमा अवस्थित रौतहट
 जिल्लाको क्षेत्रफल १,१२६ वर्ग किलोमिटर (१०३७०९ हेक्टर) छ।)[१]। रौतहट जिल्लाको सदरमुकाम गौर हो।
रौतहट नेपालको मध्य तराईमा पर्ने जिल्ला हो। विविध आर्थिक, सामाजिक तथा सांस्कृतिक विशेषता र 
सम्भाव्यता बोकेको यो जिल्ला उत्तर दक्षिण तर्फ २६ डिग्री १४" देखि २६ डिग्री १४" अक्षांश र ८५ डिग्री १४" देखि ८५ डिग्री ३०" सम्मको
 पूर्वी देशान्तरमा फैलिएको छ। उष्ण तथा समशितोष्ण हावापानी रहने यस क्षेत्रमा वषरा २१२५ मिलिमिटरसम्म हुन्छ 
यस जिल्लालाई पर्ूवमा सर्लाही सँग बागमती नदीले छुट्याएको छ। पश्चिममा बारा जिल्ला, उत्तरमा मकवानपुर 
जिल्लालाई रौतहट चुरे श्रृंखलाको उच्च भागले छुट्याएको छ भने दक्षिणमा छिमेकी देश भारतको उत्तर राज्य विहारको 
बैरगनियाँ क्षेत्र पर्दछ। जहाँबाट नेपाली क्रान्तिको प्रथमपटक शुरूवात भएको थियो।
२०५८को जनगणना अनुसार जनसंख्याको दृष्टिले रौतहटमा नेपालको कुल जनसंख्या २,३१,५१,४२३को २.३५ प्रतिशत,
 मध्यमाञ्चलको कुल जनसंख्या (८०,३१,६२९)को ६.७८ प्रतिशत र नारायणी अञ्चलको कुल जनसंख्या (२४,६६,१३८)को 
२२ प्रतिशत अर्थात् ५,४५,१३२ जना बसोबास गर्दछन्। यसमध्ये पुरूषको संख्या २,८२,२४६ (५२ प्रतिशत) तथा महिलाको
 संख्या २,६२,८८६ (४८प्रतिशत) रहेको छ। परिवारको दृष्टिले हेर्दा ८८,१६८ धुरी रहेको यस जिल्लाको परिवार संख्या समग्र 
नेपाल र तर्राईको औसत ५.४४ भन्दा बढी अर्थात् ६.१८ रहेको छ। यो अङ्क हिमाल, मधेश र पहाडको औसत भन्दा पनि बढी
छ। अर्थात हिमाल र पहाडको क्रमशः ५.२८ र ५.१७ छ। प्रति वर्ग किलोमिटरको जनघनत्वको दृष्टिबाट पनि रौतहटको 
जनघनत्वले नेपालको जनघनत्व १५७ भन्दा निकै उच्च अर्थात् ४८४ रहेको छ। जबकि तराई-मधेशको औसत जनघनत्व
 प्रतिवर्ग किलोमिटर ३३० छ। क्षेत्रफलको दृष्टिले रौतहट नारायणी अञ्चलको सबभन्दा सानो जिल्ला हो। जनसंख्या बृद्धिदर
 पनि नेपालको सरदरभन्दा बढी अर्थात् ३%को हाराहारीमा छ। यस तथ्यबाट के कुरा स्पष्ट हुन्छ भने रौतहटको जनसंख्या
 बृद्धिदर पनि उच्च रहेको छ।
उत्तर चुरे पर्वत श्रृङ्खलाको दक्षिणी पाखा देखि दक्षिण भारत विहारको सीमावर्ती र पूर्वी चम्पारणसँग जोडिएको, पूर्वमा 
सर्लहीसँग बागमती नदीबाट छुट्याइएको र पश्चिम बारा जिल्लासित धनसर तथा अगुवा नदीले छुट्याएको रौतहट
 जिल्लामा ७०% जनता राष्ट्रिय मापदण्डको गरीबीको रेखामुनि रहेको अनुमान छ। यस जिल्लाको १०% क्षेत्रफल जङ्गलले ओगटेको छ।


 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons