Powered By Blogger

Translate

Saturday, July 21, 2012

समर्पण


एउटै आड,
 जो यूगौं यूगको लागि मेरो दुःखको ढाल हौ
छलमलिएर फिँजारिने
 मेरो गलत मानसिकताको पर्खाल हो
पेट भित्रको तिम्रो दानब तिम्रो  जीवनको अन्त्य गन्दा,
मेरो अनुहारको भावलाई पढ्ने तिम्रो  नयन
 मेरो खुशीको आहाल हो ।
यसै बीचमा मैले तिमीलाई कुल्चिएको छु
तिम्रो जीवनको धरातललाई टेकेर
मेरो सपनाको बस्तीमा  उत्रिएको छु ।
त जिन्दगी बन्धक राखेर सपनाको संसारलाई किनेको छु ।
र पनि
तिमी मेरो प्राण हौ
मेरो जीवनको वरदान हौ
जो कहिलै तिम्रो हुन सकेन
तिम्रै  धड्कन चुमेर पनि तिम्रो स्पन्दन बन्न सकेन

अर्धमृत    तिम्रो जयान मेरै जीवनको ऊर्जा थियो
मृत्यु शैँयाको प्रसव पीडा
जीवन यात्राको बिहान थियो
र पनि
मैले तिमीले दिएझै लगाब तिमीमा देखाइन,
खोजे पनि ह्रदयमा तिम्रो  झैँ मायाको बहार
अन्तस्करणमा भेटाइन ।

तिम्रो अनुहारको प्रसन्नता
 मेरो तोते बोलीमा अडिदा,
तिम्रो खुशीको प्रत्येक झोक्का
 मेरो ताते पाइलामा जोडिदा,
तिमी नै थियौ जो रोयौ मेरो यात्राको  खुशीमा
 हर्ष बिभोर भई मुस्कुरायौ मेरो सफलताको
 प्रत्येक हासोमा अनि दृढ यात्राको बाटोमा ।
तिम्रै  छाला चुस्दै तिमीलाई रित्याउदा
गर्व गर्यौ वात्सल्यमा,
किनकि तिमी देवी  हौ ममताको
अमूल्य खानी हौ जन्माताको,
त्यसैले धन्यवाद तिमीलाई तिम्रो
त्याग र तपस्याको लागि  ,
आमा भएर सहेको प्रसव पीडाको लागि
सम्पूर्ण जीवन र जवानी वरदानको लागि

Wednesday, June 13, 2012

विपरित ध्रुवको तिमी र म



स्थिर मेरो सालिन मन
चन्चल बन्यो र हलचल बन्यो
तिम्रो स्पर्सको मतिले,
तिम्रो हावाको गतिले।
साङगुरिएको मेरो
छितिजमा
आफ्नो रजाइ मेरै जीत थियो र मेरै हार,
र पनि आफ्नै धरातलको सिमाभित्र
समालिएको मेरो जीवन तिम्रो हठात आगमनले
खै के के भएछ कुन्नि
जीवन जुटेछ र टुटेछ।
मलाइ जुट्नु थिएन तेसैले टुट्नु पनि थिएन
जुटे वा टुटेको लेखाजोका मैले राखेको छैन
नराख्नुको मिठास स्वयम झेल्न चाहन्छु
दृष्टिकोण जीवनको फेर्न चाहन्छु।


मेले मुलुकले गरेको आंकलनमा
तिमिलाइ राखिन,
जोखिन र तौलिन पनि,
मलाइ जोखाइ र तौलाइको परिधी
विलकुल मन्जुर छैन
तेसैले म जोख्दिन र जोखिन्न पनि
तिमी सङग जीवनमापन यन्त्र छ भने
स्वतन्र छौ, जोख या तौल।


तिमि हावा हौ स्थिर रहन सक्दैनौ
तिमिलाइ अपबाद वनाउन चाहन्न,
मैले गति लिन सक्दिन
अस्थिर वन्ने छैन
स्थिरता मेरो अपवाद होइन।
विपरित ध्रुवको हाम्रो मेल शेस सेकेन्डको लागि हो
जो पल तिमि मसङग ठिकियौ
र आप्नो यात्राको गति रोकयौ, मलाई
चिर्न सकेनौ तिमिले
न त यो हिमाल को अस्तित्वलाइ फोड्न सक्यौ
चिर्नु र फोर्नु तिम्रो स्वाभिमान होइन,
स्वयम तिमि फोडिन सक्छौ
अलमलिए केहि छेण छोडिन सक्छौ
तेसैले,
विना विलम्ब तिमिले अघि बड्नु छ
कति पटक ठोकियौ हिमालहरु सङग पाहिले
र ठोकिने छौ कति
तिम्रो स्म्रितीले नामेट पार्नुपर्ने छ
मेरो सुलभताले लोभिएको तिम्रो त्रिस्णा फोड्नु पर्ने छ
र विस्वाश सफलताको जोड्नु पर्ने छ

Tuesday, May 22, 2012

रौतहट जिल्ला


नेपाली विकिपीडियाबाट
रौतहट नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको दक्षिणपूर्वी तराई क्षेत्रमा अवस्थित जिल्ला हो | 
यस जिल्लाको पूर्वमा सर्लाही, पश्चिममा बारा, उत्तरमा मकवानपुर र दक्षीणमा भारतको बिहार राज्यको सितामढी
 र पूर्वी चम्पारण जिल्ला पर्दछ। समुद्र सतहबाट १२२ मिटर देखि २४४ मिटरसम्मको उचाईमा अवस्थित रौतहट
 जिल्लाको क्षेत्रफल १,१२६ वर्ग किलोमिटर (१०३७०९ हेक्टर) छ।)[१]। रौतहट जिल्लाको सदरमुकाम गौर हो।
रौतहट नेपालको मध्य तराईमा पर्ने जिल्ला हो। विविध आर्थिक, सामाजिक तथा सांस्कृतिक विशेषता र 
सम्भाव्यता बोकेको यो जिल्ला उत्तर दक्षिण तर्फ २६ डिग्री १४" देखि २६ डिग्री १४" अक्षांश र ८५ डिग्री १४" देखि ८५ डिग्री ३०" सम्मको
 पूर्वी देशान्तरमा फैलिएको छ। उष्ण तथा समशितोष्ण हावापानी रहने यस क्षेत्रमा वषरा २१२५ मिलिमिटरसम्म हुन्छ 
यस जिल्लालाई पर्ूवमा सर्लाही सँग बागमती नदीले छुट्याएको छ। पश्चिममा बारा जिल्ला, उत्तरमा मकवानपुर 
जिल्लालाई रौतहट चुरे श्रृंखलाको उच्च भागले छुट्याएको छ भने दक्षिणमा छिमेकी देश भारतको उत्तर राज्य विहारको 
बैरगनियाँ क्षेत्र पर्दछ। जहाँबाट नेपाली क्रान्तिको प्रथमपटक शुरूवात भएको थियो।
२०५८को जनगणना अनुसार जनसंख्याको दृष्टिले रौतहटमा नेपालको कुल जनसंख्या २,३१,५१,४२३को २.३५ प्रतिशत,
 मध्यमाञ्चलको कुल जनसंख्या (८०,३१,६२९)को ६.७८ प्रतिशत र नारायणी अञ्चलको कुल जनसंख्या (२४,६६,१३८)को 
२२ प्रतिशत अर्थात् ५,४५,१३२ जना बसोबास गर्दछन्। यसमध्ये पुरूषको संख्या २,८२,२४६ (५२ प्रतिशत) तथा महिलाको
 संख्या २,६२,८८६ (४८प्रतिशत) रहेको छ। परिवारको दृष्टिले हेर्दा ८८,१६८ धुरी रहेको यस जिल्लाको परिवार संख्या समग्र 
नेपाल र तर्राईको औसत ५.४४ भन्दा बढी अर्थात् ६.१८ रहेको छ। यो अङ्क हिमाल, मधेश र पहाडको औसत भन्दा पनि बढी
छ। अर्थात हिमाल र पहाडको क्रमशः ५.२८ र ५.१७ छ। प्रति वर्ग किलोमिटरको जनघनत्वको दृष्टिबाट पनि रौतहटको 
जनघनत्वले नेपालको जनघनत्व १५७ भन्दा निकै उच्च अर्थात् ४८४ रहेको छ। जबकि तराई-मधेशको औसत जनघनत्व
 प्रतिवर्ग किलोमिटर ३३० छ। क्षेत्रफलको दृष्टिले रौतहट नारायणी अञ्चलको सबभन्दा सानो जिल्ला हो। जनसंख्या बृद्धिदर
 पनि नेपालको सरदरभन्दा बढी अर्थात् ३%को हाराहारीमा छ। यस तथ्यबाट के कुरा स्पष्ट हुन्छ भने रौतहटको जनसंख्या
 बृद्धिदर पनि उच्च रहेको छ।
उत्तर चुरे पर्वत श्रृङ्खलाको दक्षिणी पाखा देखि दक्षिण भारत विहारको सीमावर्ती र पूर्वी चम्पारणसँग जोडिएको, पूर्वमा 
सर्लहीसँग बागमती नदीबाट छुट्याइएको र पश्चिम बारा जिल्लासित धनसर तथा अगुवा नदीले छुट्याएको रौतहट
 जिल्लामा ७०% जनता राष्ट्रिय मापदण्डको गरीबीको रेखामुनि रहेको अनुमान छ। यस जिल्लाको १०% क्षेत्रफल जङ्गलले ओगटेको छ।


 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons