Powered By Blogger

Translate

Saturday, July 21, 2012

समर्पण


एउटै आड,
 जो यूगौं यूगको लागि मेरो दुःखको ढाल हौ
छलमलिएर फिँजारिने
 मेरो गलत मानसिकताको पर्खाल हो
पेट भित्रको तिम्रो दानब तिम्रो  जीवनको अन्त्य गन्दा,
मेरो अनुहारको भावलाई पढ्ने तिम्रो  नयन
 मेरो खुशीको आहाल हो ।
यसै बीचमा मैले तिमीलाई कुल्चिएको छु
तिम्रो जीवनको धरातललाई टेकेर
मेरो सपनाको बस्तीमा  उत्रिएको छु ।
त जिन्दगी बन्धक राखेर सपनाको संसारलाई किनेको छु ।
र पनि
तिमी मेरो प्राण हौ
मेरो जीवनको वरदान हौ
जो कहिलै तिम्रो हुन सकेन
तिम्रै  धड्कन चुमेर पनि तिम्रो स्पन्दन बन्न सकेन

अर्धमृत    तिम्रो जयान मेरै जीवनको ऊर्जा थियो
मृत्यु शैँयाको प्रसव पीडा
जीवन यात्राको बिहान थियो
र पनि
मैले तिमीले दिएझै लगाब तिमीमा देखाइन,
खोजे पनि ह्रदयमा तिम्रो  झैँ मायाको बहार
अन्तस्करणमा भेटाइन ।

तिम्रो अनुहारको प्रसन्नता
 मेरो तोते बोलीमा अडिदा,
तिम्रो खुशीको प्रत्येक झोक्का
 मेरो ताते पाइलामा जोडिदा,
तिमी नै थियौ जो रोयौ मेरो यात्राको  खुशीमा
 हर्ष बिभोर भई मुस्कुरायौ मेरो सफलताको
 प्रत्येक हासोमा अनि दृढ यात्राको बाटोमा ।
तिम्रै  छाला चुस्दै तिमीलाई रित्याउदा
गर्व गर्यौ वात्सल्यमा,
किनकि तिमी देवी  हौ ममताको
अमूल्य खानी हौ जन्माताको,
त्यसैले धन्यवाद तिमीलाई तिम्रो
त्याग र तपस्याको लागि  ,
आमा भएर सहेको प्रसव पीडाको लागि
सम्पूर्ण जीवन र जवानी वरदानको लागि

3 comments:

Upashana said...

:))
Do Keep it up!!With a SuperDUperLikes!! :))

Jenan Nepal said...

Thank you dear....

Unknown said...

m driven by ur language.keep it up

Post a Comment

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons